उपत्यकामा विद्युतको माग बढेकाले समस्या आयो आजबाट समस्या समाधान हुन्छ- घिसिङ

everest kitchen

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् । केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको उनलेे बताए ।

शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताएका हुन् ।

त्यस्तै, उनले हाल काठमाडौं उपत्यकामा मात्रै ५ सय मेगावाट विद्युतको माग भईरहेको र यो अघिल्लो वर्षको तुलनामा करिब ८०/९० मेगावाट बढेको उनले बताए । काठमाडौंमा उपत्यकामा अब ९ वटा सबस्टेशन थपिन लागेकोले अब छिट्टै दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई गर्न सक्ने प्रमुख घिसिङले बताए ।

उपत्यकामा अहिले धेरैजसो ट्रान्सफर्मर २०० केभिएका छन्। लोड बढेपछि उक्त ठाउँमा ३ सय केभिएको ट्रान्सफर्मर राखिने घिसिङले बताए ।

त्यस्तै, पत्रकारहरुको जिज्ञासामा रुकुम (पश्चिम), जुम्ला, जाजरकोट लगायतका उच्च पहाडी जिल्लाहरुमा प्रसारण लाई क्षमता भन्दा धेरै लामो भएकोले ती स्थानहरुमा समस्या आउने गरेको स्वीकारे । उक्त स्थान लगायतमा छिट्टै सबस्टेसन निर्माण गरेर आपूर्ति सहज गरिने उनले बताए ।