एमाले थाहा नगरले टुंग्यायो जिल्ला अधिवेशन प्रतिनिधि

everest kitchen

मकवानपुर । नेकपा एमालेकाे २३ र २४ पुसमा हेटाैँडामा हुने एघारौं जिल्ला अधिवेशनका लागि थाहानगरकाे १२ वटै वडाबाट प्रतिनिधि चयन भएका छन् ।

थाहानगरकाे १२ वटै वडाबाट १६ पुसमा एकैदिन जिल्ला अधिवेशन प्रतिनिधि सर्वसम्मतरुपमा चयन गरिएकाे एमाले थाहाका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले जानकारी दिए । प्रतिनिधि चयनका लागि जिल्ला कमिटी सदस्यहरु र नगर कमिटीका सदस्यहरुले सहजीकरण गरेका थिए ।

८५२ जना पार्टी संगठित सदस्य रहेकाे थाहानगरबाट भूगाेल क्षेत्रबाट ११ महिलासहित ३८ जना र दलित क्षेत्रबाट २ जना गरी ४० जना प्रतिनिधि छनाेट भएका छन् । आयाेजक कमिटी सदस्य २३ जना र प्रतिनिधि १ जनासहित थाहानगरबाट कम्तिमा ६४ जनाले जिल्ला अधिवेशनमा भाग लिनेछन् ।

एमालेकाे १६ पुसमा बसेकाे थाहा नगर कमिटी सचिवालय बैठकले वडाबाट छनाेट भएका प्रतिनिधिहरुकाे नामावली प्रमाणित गरेकाे छ ।