डेरामा सर्ने माओवादी अध्यक्ष प्रचण्ड

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने भएका छन् । पार्टी भित्र तल्लो तहका नेताहरूले सर्वहारा बर्गको पार्टीको अध्यक्षको जीवनशैली आलीसान भएको भन्दै टिप्पणी गरेका थिए ।

शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकपछि प्रज्ञा भवनमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अब आफु डेरा सर्ने तयारीमा रहेको बताएका हुन् ।

त्यस्तै, अध्यक्ष प्रचण्डले महाधिवेशन भव्य र सभ्य रुपमा अघि बढिरहेको भन्दै शनिबार नयाँ केन्द्रीय कमिटी निर्वाचित हुने बताए । पुस ११ गतेदेखि चलेको माओवादी महाधिवेशन पुस १७ गते नयाँ कार्यसमिति चयन गर्दै टुंगिने बताएको छ ।