सेलो गायिका रेश्मा बोम्जनको “मूंगाको माला” सार्वजनिक

everest kitchen

अमिर लोप्चन
काठमाडौं । तामाङ सेलो गायिका रेश्मा बोम्जनको नयाँ तामङ सेलो गीत “मुंगनको माला” सार्बजनिक भएको छ। बिहिबार नयाँ बानेश्वरको हुंगर हवमा आयोजीत एक कार्यक्रमका बीच सो गीतको भिडियो युटुबमा सार्वजनिक भएको हो।

भिडियो सार्वजनिक भए संगै युटुबमा ४८ घण्टा अगावै करिब ३ लाख जनाले हेरिसकेका छन। गितलाई गायिकाद्वय स्वयम् रेश्मा बोम्जन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

विशेषगरि सेलो गित संगितको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यस अघिका सेलो गीतहरु पनि श्रोता दर्शक माझ चर्चित रअेकन छन् । जसमा ´तामाङकी चेली` नामक गीति सङ्ग्रहले गायिका रेश्मा बोम्जनले अझ धेरै दर्शकको माया बटुल्न सफल भएकी हुन।

उनको अवाजमा रहेको अन्य गितहरु डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा कमाउन सफल गीत हुन ।

मूंगाको मालामा गितमा शब्द कुमार स्याङ्बा, संगित चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियो तर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन भने विकेश दाहालले सम्पादन गरेका छन् । साथै अभिनयमा निरान्जली लामा, कुन्साङ वाईबा र रजनि तामाङलाई देख्न सकिन्छ ।