नेकपा (एस) राक्सिराङको गाउँ भेला पौष १९ गते

everest kitchen

राक्सिराङ । नेकपा एकिकृत समाजवादी राक्सिराङ गाउँपालिकाको प्रथम गाउँ भेला पौष १९ गते हुने भएको छ । चैनपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको उपस्थितिमा गाउँपालिकास्तरिय भेला आयोजना गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज कृष्ण बहादुर चेपाङले जानकारी दिए ।

भेलामा पार्टीको गाउँ कमिटि, युवा संघ नेपालको गाउँ कमिटि र अखिल नेपाल महिला सँघको गाउँ कमिटि घोषणा गरिने उहाँले बताउनुभयो । भेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडासँगै पार्टीका केन्द्रिय सदस्यहरु मुनु सिग्देल, राजाराम स्याङतान, प्रदेश कमिटि सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधर पोखरेल लगायत नेताहरुको उपस्थिति रहने उनले बताए ।

भेलामा पार्टििको संगठन विस्तारसँगै बृहत कार्यकर्ता प्रशिक्षण। पार्टि प्रवेश लगायत कार्यक्रमहरु हुने बताइएको छ ।

भेलाको ब्यवस्थापनका लागि विभिन्न समितिहरु निर्माण गरि तयारी भइरहेको पार्टीका प्रदेश कमिटि सदस्य गोविन्दराम चेपाङले बताउनुभयो । कृष्ण बहादुर चेपाङको संयोजकत्वमा आर्थिक समिति, कृष्णलाल तामाङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरि काम भईरहेको उनले बताए ।