जुवाखालबाट निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

everest kitchen
photo file

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सदरमुकाम खलंगा नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली काँग्रेस भेरी नगरपालिका सभापति शशी बुढा पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । उनीहरू विरुद्ध थप अनुसन्धान तथा कारबाहीको तयारी थालेको बताएको छ ।