मलामी बस दुर्घटनामा सात जनाको निधन: चार जनाको सनाखत

everest kitchen

बुटवल । बुटवलमा मलामी बस दुर्घटना हुदा चार जनाको निधन भएको छ । दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परी मृत्यु हुने सात जनामध्ये चार जनाको पहिचान खुलेको हो ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा छन्। बाँकी मृतकको सनाखत हुन सकेको छैन।

बुटवल-१७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका-२ लगुवामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

३६ जना मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको उक्त बस दुर्घटनामा परी घाइते हुनेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।