माओवादीको २३६ जनाको केन्द्रीय समिति सदस्य घोषणा

everest kitchen

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् ।

प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

केन्द्रीय कमिटीको नाम पहिला घोषणा गरेसंगइ पदाधिकारी घोषणा गर्ने तयारी माओवादीको छ । नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।