स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित एयरलाइन्स कर्मचारी पक्राउ

everest kitchen
photo file

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोही एयरलाईन्सका बिराटनगर स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको हो ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंकी एसिसटेन्टसमेत रहेकी पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वरामद नगद सहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।