श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

everest kitchen
photo file

काठमाडौं । सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले श्रीमतीको अध्यक्षतामा पार्टी दर्ता गर्न लागेका हुन ।

चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेको बताएको छ । आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने भएका हुन्।

नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाने बताएको छ ।

चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए। राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए। पछिल्लो समय उनको पार्टी जनता समाजवादी रुपमा रुपान्तरण भएर पनस फुटी सकेपछि उनले कुनै पक्षमा सनाखत गरेका थिएनन् ।