प्रधानमन्त्री इमरानकी पूर्व श्रीमती चढेको कारमाथि ह,माला

everest kitchen

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरानकी पूर्व श्रीम्ती रेहम खानको कारमाथि राजधानी इस्लामाबादमा गोली चलाइएको छ । सोमबार सबेरै रेहम आफैंले सोसल मिडियामा यो घटनाबारे जानकारी दिएकी हुन् ।

उनले लेखेकी छिन्, ‘म आफ्नो भतिजोको विवाहबाट फर्किरहेकी थिएँ । बाइकमा सवार दुईजनाले सुरुमा मेरो गाडीमा गोलीबारी गरे । पछि बन्दुक देखाउँदै कार रोके । म निकै मुश्किलले अर्को गाडीमा चढेर घर पुगेँ । मेरो घरमा ड्राइभर र सेक्युरिटी गार्ड बाँकी भए । के यही इमरान खानको नयाँ पाकिस्तान हो ? यो त कायर र ठगहरुको मुलुक हो ।’

साथै, उनले प्रहरीले एफआइआर दर्ता गर्न मानेको समेत उल्लेख गरेकी छन् । हमलामा उनी बालबाल बाँचेकी बताएकी छन् । म

इमरान खानकी उनि माहिली श्रीमती हुन्। उनीसंग ईमरनको सम्बन्ध बिच्छेद भैसकेपछि कान्छी बुशरा मेनका इमरानसँग बस्छिन् ।