लघुकथा – टिवि निगरानि
अष्टदेव खनाल
चतुराखर पाँडेको छोरो पढ्न सारै मेधाबी ।कुशाग्र बुद्धिको भन्छन सबै गुरुहरु ।हुन पनि भन्नुको पो छ त ।बाह्र कक्षा उत्कृष्ट अन्कमा पास भयो । उच्च शिक्षा नेपालमा नपढ्ने भनेर भर्ना हुने तिर लागेन ।
बिदेशमा अध्ययन गर्ने उतै जागीर खाने उसको बिचार ।बैज्ञानिक बनेर चिनिने महत्वाकांक्षी बिचार छ अमर पाँडेको । अमरले बिश्वका धेरै बिश्व विद्यालयहरुमा आफ्नो शैक्षिक विवरण पठायो ।प्राय सबै ठाउबाट सकारात्मक उत्तर आएको थियो तर उसले हेलसिन्की बिश्वबिद्धालय फिनल्यान्ड छान्यो ।
धनको कमि नभएको चतुराखरले छोरालाई खुसिकासाथ पढन पठाए ।छोरो पनि फिनल्यान्ड जस्तो मुलुकमा पढ्ने अबसर पाएकोमा मख्ख थियो । अमर बिश्वबिद्धालयमा दाखिल भयो ।गुरु तथा साथीहरू परिचय भयो । छात्राबासमा बस्ने अनुमति पायो पनि ।
आफ्ना मन मिल्दा साथीहरू बनिसकेका थिएनन । बोल्न पनि कहि धक नै थियो । घर छोडेको दुई हप्ता पनि भएको थिएन । होम सिक्नेस भएर होकि एकलै समुद्रको किनार तिर घुम्ने बिचारले हिड्यो। केहिबेर हिडेको थियो नजिकै एक बथान जलकौवा देख्यो । उ जलकौवाको नजिकै गयो तिनिहरु अल्लि उता पुगे ।उसलाई के झोक चलेछ कुन्नी ढुङ्गा टिपेर हानेको एउटा ठहरै भयो । केहिबेर त्यही उभियो ।के सोच्यो कुन्नी ।यसो हिड्न लागेको थियो उसलाई गिरफ्तारीको सूचना लिएर प्रहरीहरु आए ।
भोलिपल्ट अपरान्ह ३ बजेको प्लेनमा फिनल्यान्ड सरकारले अमरलाई नेपाल फिर्ता गरिदियो । बिचरा अमरले फिनल्यान्डका अधिकांश क्षेत्रहरू टिभी कन्ट्रोल राखिएको हुन्छ भन्ने ख्यालै गरेन ।