तीन मुक्तक – निलान्जला भारद्वाज

everest kitchen

 मुक्तक – निलान्जला भारद्वाज

मुक्तक -१
वेग फरक लाग्ला लक्ष्य चुम्न उडान भरेको चरीको पनि
देख्छु जीवन जिउने ढंग फरक एकैलोकको परीको पनि
रातो मात्र रंग नभन तिमी गुलाफ मात्र फूल हो नभन
आफ्नै छुट्टै विशेषता छ भीरमा फुल्ने सुनाखरीको पनि ।

मुक्तक -२
जबर्जस्तीको सम्बन्ध किनेको माया
चर्को घामको एक टाटाे बादलको छाँया
कुनबेला ओझेलिन्छन् पत्तो हुन्न साथी
नपत्त्याए हेर्ने गर्नु आफ्नै दायाँबायाँ ।

मुक्तक-३
मौसम जस्तै बद्लिने मन र यी घाम छाँया हेर
कतै हाँसो र कतै आँसु आफ्नै दायाँबायाँ हेर
पर्नु र खै कस्को भर विश्वास भित्रै धोका हुन्छन्
आफ्नाहरूकै तिरस्कार र पराइको माया हेर।