बाफिकोट गाउँपालिकाको वडा नम्बर -९ मा अनेमसंघको विभिन्न टोल कमिटी गठन

everest kitchen

सुस्मिता केसि
रुकुम (पश्चिम) । नेकपा माओबादि केन्द्र बाफिकोट गाउपालिकाले जनसङ्गठन निर्मान , प्रशिक्षण , तथा भेला लाई तिब्रता दिएको छ । जस अनुसार माओवादी केन्द्रको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँमा प्रशिक्षण , भेला तथा बैठक सम्पन्न गरेको छ ।

सोमबार र मंगलबार बाफिकोट गाउपालिकाको- ९ नम्बर वडाले पनि विभिन्न भेला तथा बैठक सम्पन्न गरेको छ । वडाका बिभिन्न टोलहरुमा अनेमसङ्घका कमिटिहरु गठन गरिएको छ । वडाको काप्रा र गुन्टालि टोलमा अनेमसंघ गठन गरेको माओबादि केन्द्रका वडा ईन्चार्ज प्रेम देबकोटाले बताए ।

देबकोटाका अनुसार काप्रा टोलको अध्यक्ष खिमला बिक , सचिब बिनिता बिकसहिच १७ सदस्य टोल कमिटी गठन गरिएको छ । त्यस्तै, गुन्टालि टोलको अध्यक्षमा मनिषा देवकोटा दाहाल र सचिव दुर्गा सुनारसहित २५ सदस्यिय टोल कमिटि गठन गरिएको हो ।