नयाँ वर्षको सुरुवातसंगै उत्तर कोरियाद्वारा अज्ञात मिसाइल प्रहार

everest kitchen
photo file

काठमाडौं । उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ । जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो ।

सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ थियो । यसबारे पुष्टि हुन भने बाँकी रहेको छ

संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ ।

केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणको कारण उत्तर कोरियाले आफ्नो रक्षा क्षमता मजबुत बनाउन जारी राख्ने बताएका थिए । गत वर्षको आफ्नो पार्टीको अन्तिम बैठकमा उनले सो कुरा बताएका थिए ।

जेसीएसले आफ्नो बयानमा भनेको छ, ‘दक्षिण कोरियाली र अमेरिकी गुप्तचर विभागले विस्तृत जानकारीका लागि यसको सूक्ष्म विश्लेषण गरिरहेको छ । सन् २०२१ देखि नै उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम विस्तार जारी राखेको छ ।

उत्तर कोरियाको मिडियाले यसमा हाइपरसोनिक मिसाइल, ट्रेनमा आधारित बालिस्टिक मिसाइल र एउटा नयाँ लामो दुरीको क्रुज मिसाइल परीक्षण शामेल रहेको छ । एजेन्सीको सहयोगमा