जनउद्धारको पहलमा मलेसियामा ज्यान गुमाएका सुनारको शव नेपाल पठाईयो

everest kitchen

दिनेश खड्का’खप्तडी’
काठमाडौं । जनउद्वार केन्द्र मलेसियाको आर्थिक सहयोगमा बर्दियाका ४२ बर्षिय भद्र बहादुर सुनारको शव नेपाल पठाएको छ।

बाँसगढी नगरपालिका वडा नं १ बर्दियाका भद्र बहादुर सुनार मलेसियामा लामो समयदेखि अवैधानिक रुपमा काम गर्दै आएका थिए ।

सुनार को शब पठाउन निकै चुनौतिपूर्ण थियो । मृत का परिवारले जनउद्धार केन्द्र मलेसियालाई शव नेपाल पठाईदिन निवेदन पेस गरेका थिए । उनको आर्थिक अवस्था पनि कम्जोर भएको कारण जनउद्वार केन्द्रले आर्थिक संकलन गरि उक्त शब लाई दुतावास मलेसियाको समन्वयमा नेपाल पठाएको जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले बताए ।

जनउद्धार केन्द्र मलेसिया र मलेसियामा नवगठित सम्पुर्ण क्षेत्रिय समिति तथा सम्पर्क समिति,ईकन समिति हरुले सयुक्त रुपमा मृतक सुनारको शव नेपाल ल्याउनको लागि आर्थिक सहयोग संकलन गरिएको थिए।

उक्त अभियानमा मन्डेला फुड कम्पनीमा कार्यरत नेपाली हरुले पनि सहयोग गरेका थिए । सहयोग संकलनमा जोडिने सबैलाई जनउद्धार केन्द्र मलेसियाले धन्यवाद ब्यक्त गरेको छ।

मृतक सुनारको शव आज बिहिबार नेपाल एअरलाइन्स मार्फत नेपाल पठाएको हो । मलेसियामा नौ बर्ष अगाडि पिएनएसबि नाम बी रबर कम्पनीमा आएका सुनारको गत डिसेम्बर १५ मा निधन भएको थियो ।