फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ

everest kitchen

हेटौंडा । नेपाल आदिवासी पत्रकार महासंघ फोनिज बागमती प्रदेश नेवा ताम्सालिङ प्रदेशको राजधानी हेटौंडाको रोयल पार्टी प्यालेसमा सम्पन्न दोस्रो अधिवेशन बाट युवराज श्रेष्ठको नेतृत्वमा २१ सदस्य समिती सदस्य सर्व सहमत निर्वाचित भएको छ ।

कार्यक्रम पुस २१ गते ५ बजे सम्पन्न खुल्ला सत्र पश्चात् ७ बजे बाट सुरु भएको बन्द सत्र बाट नेतृत्व सर्व सहमत चयन गर्ने प्रायस भए पनि २२ गते बिहान चार बजे सम्ममा सहमति नजुटे पछि ८ बजे बिहान सम्म सहमती जुटाउन समय छाडिएको थियो । त्यस्तै बिहान सम्ममा पुर्ण समहती जुटाए पछि १०:३० बजे बिहान कार्य समिती घोषणा गरिएको थियो।

त्यस्तै कार्य समितिको नेतृत्व श्रेष्ठले लिएको छ भने उपाध्यक्षमा राजेश रुम्बा तामाङ,महिला उपाध्यक्ष डोल्मा शेर्पा,महासचिवमा श्याम राणा,संगठन सचीवमा शिशिर दोङ,संस्थागत सचिव राजु नापित,कोषअध्यक्ष शंकर श्रेष्ठ रहेका छन् ।

खुल्ला सदस्य तर्फ बाट चयन भएका सदस्यहरु पुर्ण बहादुर मगर,उद्दव श्रेष्ठ,अर्बिन्द्र मान सिंह,सरोज लामा,पासाङ घिसिङ चयन भएको छ भने महिला सदस्य तर्फ मिना श्रेष्ठ,कमला तामाङ,पासाङ शेर्पा र संस्थागत तर्फ रबिन्दू सिंजाली मगर,दिक्की शेर्पा,फुर्वा तामाङ,संजय चौधरी,हिरा लाल गुरुङ गरि २१ मध्य २० सदस्य समिति सर्वसहमत चयन भएको छ भने एक जना संथागत सदस्यको ठाउँ खाली रहेको हुँदा मनोनीत गरिने बताएको छ।

त्यस्तै उक्त निर्वाचन बाट बिभागहरुमा अनुशासन बिभाग संयोजकमा बाबूकाजी श्रेष्ठ,अनुशासन बिभाग सदस्य रिदेन महर्जन,अर्को सदस्य रसिया श्रेष्ठ चयन भएको छ भने अर्को बिभाग लेखा समिति संयोजक राजेन्द्र मानन्धर,सदस्य दोलख गुरुङ राकेस्ग चौधरी चयन भएको छ त्यस्तै अधिवेशन बाट संघीय महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष पेमा लामा,पुर्ण भक्त ढुवाल,सम्झना श्रेष्ठ चयन भएको छ।

त्यस्तै उक्त महाधिवेशन निर्वाचन अध्यक्ष मण्डल समीर बलामिको संयोजकत्वमा सम्पन्न भएको थियो भने सदस्यहरुमा सरिता श्रेष्ठ,सुमित श्रेष्ठ,अमरध्वज लामा र राजु चौधरी गरि ५ जनाको अध्यक्ष मण्डल ले निर्वाचन सम्पन्न भएको थियो भने कार्यसमिति चयन पछि संघिय अध्यक्ष दण्ड गुरुङ र संघीय बरिस्ठ उपाध्यक्ष गजुरधन राई र नेपाल पत्रकार महासंघ बागमती प्रदेशको टिमले बधाई ज्ञापन गरेका थिए।