लिभिङ टुगेदरमा बस्ने युवक–युवती मृत फेला

everest kitchen
.

काठमाडौं । लिभिङ टुगेदर बसेका एक युवक र युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङकन अनुसार कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।

प्रहरी घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लिईएपनिअस्पतालमा उनको निधन भएको प्रहरीले जनाएको छ ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । यद्यपि हाल घटना बारे एकिन साथ भन्न नसकिएको हो ।