बाघको छाला सहित देउखुरीमा ४ जना पक्राउ

everest kitchen

 

दाङ । बाघको छाला सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ६३ का गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँ बस्ने वर्ष २८ का आशा कुमार चौधरी रहेका छन ।

प्रहरीले गोप्य सुचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ बाट ती चार जनालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापा बिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो ।

सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालय घोराही र वडा प्रहरी कार्यालय लमहीले उनिहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

उनिहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ । उज्यालोनेत्वोर्क