नेकपा एस राक्सिराङ गाउँ कमिटीको पूर्णता: यी हुन नयाँ मनोनीत नाम

everest kitchen

राक्सिराङ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राक्सिराङ गाउँ कमिटीको प्रथम बैठकबाट सचिव पदमा प्रशान्त चेपाङ मनोनित भए सँगै कार्यसमितिले पुर्णता पाएको छ।

नेकपा एस राक्सिराङ गाउँ कमिटी को गत पौष १९ गते सम्पन्न गाउँ कमिटी भेला बाट ज्ञानेन्द्र तामाङको नेतृत्वमा र उपाध्यक्ष बुदुमाया चेपाङ चय हुँदै ४७ कार्य समिति घोषणा भएको थियो ।

चयन हुन बाँकी पद भने प्रथम बैठक बाट मनोनीत गर्ने गरि राखिएको पदलाई आज सम्पन्न गाउँ कमिटीको प्रथम बैठक बाट उपाध्यक्ष यानेन्द्र तामाङ, सचिवमा प्रशान्त चेपाङ र सह-सचिवमा जुनियल चेपाङ मनोनीत भएका थिए ।

प्रथम बैठकमा प्रदेश कमिटी सदस्य गोबिन्द राम चेपाङ, जिल्ला कमिटी सदस्य कृष्ण लाल मोक्तान र ईन्चार्ज कृष्ण बहादुर प्रजाको उपस्थित रहेको अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी गराए।