अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था सामान्य

everest kitchen

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अध्यक्ष प्रचण्डलाई कोरोना लागेको पुष्टि गरिन ।
“अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं, दाहालले जानकारी दिईन ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।धन्यबाद !! निजी सचिवालय” गंगाले लेखेकी छिन् ।