एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ

everest kitchen

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटी चयन भएको हो ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् ।

पार्टी मकवानपुरको ११ औँ अधिवेशनमा नेतृत्व चयनका लागि आकाँक्षीहरु धेरै देखिएपछि पुस २३ गते सुरु भएको अधिवेशन आजसम्म लम्बिएको हो ।

अध्यक्ष पदमा बद्रीप्रसाद लम्साल र एकलाल श्रेष्ठले उम्मेदवारी दिएका थिए । लम्साल एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् भने श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।