रुकुममा कोभिड-१९ सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

everest kitchen
फोटो : लक्ष्मण केसीको फेसबुकबाट

रुकुम । नेपाल पत्रकार महासंघ रुकुम (पश्चिम)को आयाेजनामा मंगलबार खलंगामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड-१९ ले विगतका वर्षहरुमा जिल्लामा पारेको प्रभावलाई समिक्षा गर्दै अहिलेको भेरियन्ट ओमिक्रोनबाट बच्नका लागि कस्ता सुरक्षात्मक उपायहरु अपनाउन सकिन्छ भन्ने विषयको उठान गर्न कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले उल्लेख गरेका छन् ।

त्यस्तै आगामी दिनहरुमा स्थानीय तह तथा सरोकारवालाहरुले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि योजना बनाइ अगाडि बढ्नका लागि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

कार्यक्रममा सहभागि विभिन्न सरोकारवालाहरुले कोरोनाको तेस्रो लहर फैलन नदिन, रोकथाम तथा नियन्त्रण गर्न प्रतिबद्धता जाहेर गरेको केसीले बताए । कार्यक्रममा जिल्ला स्थित विभिन्न सम्बन्धित कार्यालय प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।