पर्यटन मन्त्री आले चढेको गाडीलाई कारको ठक्कर

everest kitchen

धनगढी । धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको गाडीलाई कारले ठक्कर दिएको हो ।

मन्त्री आले सवार सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो। विमानस्थल बाट बाहिरीने क्रममा उनी चढेको गाढीलाई कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मन्त्री आलेको गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८:२० बजे ठक्कर दिएको हो ।

मन्त्रीको गाडीमा सवार सबैजना सकुशल समेत रहेको प्रहरीले जनाएको छ । मन्त्री आले चढेको गाडी दुर्घटना परेपछि उनी अर्को गाडीमा कन्चनपुर हिडी सकेका छन् ।