बढ्यो सुनचाँदीको मूल्य

everest kitchen
photo file

काठमाडौं। आज सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ थियो ।