चुनावी नारा

everest kitchen

लघुकथा – चुनावी नारा

लाेकनाथ पुडासैनी

त्यस दिन चुनाव प्रचार प्रसारकाे अन्तिम दिन थियाे । त्यसैले स्वतन्त्रदेखि विभिन्न पार्टी विशेषका उम्मेदवार र तिनका कार्यकर्ताहरू नगरका विभिन्न वडामा डुलेर प्रचार प्रसार गरिरहेका थिए ।

अामसभा र घरदैलाेमा सहभागी हुन अाउनेजति सबैलाइ खानपिन फ्री थियाे । भट्टी पसलदेखि रेष्टुराँसम्म पार्टी तथा उम्मेदवारहरूका नाममा खाता खाेलिएकाे थियाे । त्यसैले त्यहाँ सम्मिलित हुनजाने काेही कसैले नमिठाे खान र भाेकाे बस्न पर्दैनथ्याे । टन्न खाएपछि खातामा चढाएर काेही नारा जुलुसमा काेही अन्तै टाप कसेर साँझ अाइपुग्थे ।

मासु भात र नास्ताका लागि मुहार देखाउनेहरूकाे कमी थिएन । उम्मेदवारहरूले सबैलाइ अाफ्नै समर्थक मतदाता सम्झन्थे । उनीहरूकाे ध्यान मतदाता नभड्किउन भन्नेमा केन्द्रित थियाे ।

त्यसैले तिनकै अाड भराेसामा उम्मेदवारहरू वडाबासीका अघि बढाे सालिनताका साथ जुम्लेहात जाेड्दै अाफ्नाे पक्षमा मत माग्दै हिँड्थे भने खानपिन गरेर उनका पछि लागेका सहभागीहरू यसरी नारा लाउँथे,
नेपाली काङ्ग्रेस …
जिन्दावात ।
गाछी कस्काे ?
काङ्ग्रेसकाे ।
काङ्ग्रेस कस्काे ?
जन्ताकाे ।
भाेट केमा ?
सूर्यमा ।
नेपाली काङ्ग्रेस …,
………………….,