राक्सिराङ-६ मा चर्चित कलाकारहरुको साथमा सोनाम ल्होछार आयोजना हुँदै

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ मा सदाको बर्ष झैं यस बर्षपनि मञ्जुश्री संवत् २८५६ औं बाघ वग सोनाम ल्होछर शुभकामना आदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम माघ २२ गते हुने भएको छ।

राक्सिराङ-६ स्थित निर्माणधिन छ्युसी बौद्ध गुम्ब्ब समितिको पौष २६ गते बसेको बैठकले संयोजक दिपेश दिङ तामाङ र सह संयोजक बिकास तामाङ लगायत २३ सदस्य समितिको मुल आयोजक समिती गठन गरिएको छ । उक्त कार्यक्रम भौतिक पुर्वधार मन्त्री सन्त बहादुर प्रजाको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ।

त्यस्तै कार्यक्रममा तामाङ चर्चित कलाकारहरुको उपस्थितमा साँस्कृतिक कार्यक्रमसमेत हुने भएको छ ।कार्यक्रमको लागि स्वयंसेवक संयोजक राजन तामाङ, कलाकार ब्यबस्थापन तथा प्रचार प्रसार संयोजक सविन कुमार तामाङ र अनुगमन संयोजक राम शरण दोङ लाई जिम्मा दिएको संयोजक दिपेश तामाङले जानकारी गराए।