
विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्ती अवसरमा शुभकामना व्यत्त गरेका छन् ।
थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्पफ्क्वो तङ्नाम, मगर, छन्त्याल तथा खस ब्राम्हण समुदायले मान्ने माघे संक्रान्तीको शुभकामना दिदै उनले भनेका छन –“प्रकृतिसँग अभिन्न नाता गाँसिएको नेपालमा विभिन्न बद्लिरहने मौसमसँगै चाडपर्वहरू पनि पर्ने गर्दछन् । र, यसलाई हामीले मनाउँदै आएका छौं । प्रकृतिकै सेरोपफ्रोेमा मनाइने चाड माघे संत्रफन्तिको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यत्तफ् गर्दछु ।”
माघे संत्रफन्तिलाई मानिसले सामाजिक तथा कृषिजीवनमा प्रवेश गर्दादेखिको चाड भएको बताएका छन् । सामाजिक तथा कृषिजीवनमा प्रवेश गरेसँगै जमिनमा उब्जने अन्नबाली, पफ्लपफ्लेदोलाई प्रकृतिलाई नै चढाउनेदेखि बालीनाली लगाउँदा, थन्क्याउँदा पनि उत्सव मनाउने गरेको उनको भनाई छ ।
त्यसैगरी यस चाडले नेपाली सहिष्णुतालाई जोड्ने गरेको, भइपरी आउँदा तरुल, भ्याकुर खाएर पनि बाँच्नुपर्छ भन्ने सामाजिक सन्देश दिएको कुरालाई आफ्नो शुभकामना पत्रमा जनाउनुभएको छ ।











