सार्वजनिक बिदा बाहेक सबै दिनहरुमा नियमित कोभिड खोप उपलब्ध हुने

everest kitchen

सविन कुमार लोप्चन
राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका स्थित रहेको राक्सिराङ अस्पतालमा सार्वजनिक बिदा बाहेकको सबै दिनहरुमा कोभिड-१९ बिरुद्धको खोप उपलब्ध हुने भएको छ।

उक्त खोप १२ बर्ष देखि माथिका सबै नागरिकहरुले लगाउन पाउने प्रावधान रहेको स्वस्थ शाखा प्रमुख बिजय कापारीले जानकारी दिए । त्यस्तै अहिले सम्म गाउँ पालिका भित्रका २७% नागरिकले खोपको पुर्ण डोज लगाएको र ४०% नागरिकले पहिलो डोज लगाएको र अब १३% नागरिकले खोप लिए पछि खोप लगाउनेको संख्या ४०% हुने साथै अहुले सम्म खोप बढी लगाउने वडामा ७१% नागरिकले खोप लगाएको र सबै भन्दा कम ७ नम्बर वडाको नागरिक खोप लगाएको प्रमुख कापरीले बताए।

त्यस्तै अब केही दिन भित्रमा नै प्रत्येक वडामा ५ जना स्वस्थकर्मी परिचालन गर्दै खोप प्रदान गरिने रणनीति रहेको गाउँ पालिक अध्यक्ष राज कुमार मल्लले बताए ।

खोप लगाउन अभियान चलाउदै गर्दा खोप लगाई कोभिड बाट पुर्ण सुरक्षीत बन्न अध्यक्ष मल्लले अनुरोध गरेका छन् । अभियान चलाएर आफ्नो घर नजिकै आई पुग्दा पनि खोप नलगाईएको पाईएमा पालिकाबाट दिने सेवा सुबिधाबाट बञ्चित गराउने,वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित गरिने अध्यक्ष मल्लले चेतावनी दिए । साथै अबको दिनहरुमा पालिका प्रवेश गर्न खोप कार्ड अनिवार्य गराउने पनि अध्यक्ष मल्लले बताए।