बेपत्ता छानबिन आयोगका अध्यक्ष सुवेदीले भेटे प्रदेश प्रमुख खापुङलाई

everest kitchen

बिराटनगर। प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई बेपत्ता पारिएका व्यत्तिफ्को छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन् ।

भेटमा अध्यक्ष सुवेदीले प्रदेश नं. १ मा बेपत्ता पारिएका व्यत्तिफ्हरुको नामावली, परिचयपत्र सम्बन्धि जानकारी गराएका छन् । २०५२ साल पफगुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वको त्रफ्ममा मानव अधिकारको गम्भीर उलङ्घन गरी बलपूर्वक बेपत्ता परिएका व्यत्तिफ्हरुको सम्बन्धमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य पत्ता लगाएर पीडितलाई परिपूरणको व्यवस्था र कानुनी कारबाहीको लागि सिपफरिस गर्न आयोगको गठनभएको हो ।

आयोगले ७०० घर परिवारको २८ सय जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारीसमेत दिए ।

प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकोले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखेका थिए । त्यसैगरी परिचयपत्र पाएकालाइ राज्यले सुविधा दिलाउन सरकारलाई आग्रह गर्ने प्रतिवद्धता पनि जनाए ।