नाैसय विघा समाज सहयोग युवा समूहद्वारा २० घरपरिवारलाई सिरक वितरण

everest kitchen

सुरेन्द्र महतो
महोत्तरी । शनिबार माघे संक्रान्ति माघ महिनाकाे पहिलो दिनकाे अवसरमा विभिन्न समस्या ग्रसित बीस परिवारलाई नाैसय विघा समाज सहयोग युवा समूहद्वारा सहयोग गरिएको छ ।

शनिबार उक्त समूहले धनुषाधाम नगरपालिका वडा न.-५ टाेल (नाैसय विघा) का बीस घर परिवारलाई न्यानो माया स्वरुप एक/ एक थान सिरक सहयोग गरेकाे समुहका संयाेजक विजय कुमार मण्डलले जानकारी दिए ।

सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै ,सामाजिक उदेश्यहरु प्रती काम गरिदै आइरहेको र देशमा अशाय बिरामी जस्ता समस्या ग्रसित अत्यन्तै पीडित परिवारहरुलाई विभिन्न सहयोग तथा आर्थिक सहयोग गर्दै आएकोले सोही अनुसार सहयोग गरेको मण्डलले बताए ।

कार्यक्रममा समुहका संयाेजक विजय कुमार मण्डल, डा.अरुण कुमार मण्डल, प्रहरी चाैकी का असई साहाब राम बालक यादव, युवा समाजसेवी दिनेश कुमार मण्डल,जय नारायण शर्मा, अरुण कुमार यादव, स्थानीय बुद्धिजीवी तथा स्थानीय युवाहरुकाे उपस्थिति रहेको थियोे ।