काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कोभिड-१९ को दोस्रो लहरपछि भर्खरै तङ्ग्रिन लागेको व्यवसायहरु फेरी कोभिड को तेस्रो लहरले प्रभावित पार्ने देखिएपछि चिन्ताको विषय बनेको छ।