सुदूरपश्चिम प्रदेशका लागि एनाआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण

everest kitchen

समीर मल्ल
धनगढी । सुदुर पश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस आज धनगढीमा एनआरएनए अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गरेका छन् ।

उक्त मोबाइल ब्लड बैंक बसका लागि संसार भरका एनआरएनहरु , एनआरएनएका राष्ट्रिय समितिहरु , सुदुर पश्चिम अन्तर्राष्ट्रिय समाजका शाखाहरु , देश बिदेशका सुदूर पश्चिमलाई माया गर्ने दाताहरु , संघ सस्थाको सहयोग रहेको एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

उक्त बस हस्तान्तरण कार्यक्रममा एनअरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्त, पुर्व अध्यक्ष जिवा लामिछाने , नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौड्याल , एनआरएन केन्द्रिय सल्लाहकार कुल आचार्य , उपाध्यक्ष डा. बद्री केसी लगायत अन्य पदाधिकारी , स्थानिय सरकारकारका प्रतिनिधि सरोकार वालाहरुको उपस्थिति रहेको थापाले बताए ।

धनगढी उपमहानगरपालिकाको संरक्षक्त्वमा रहने गरि , नेपाल रेडक्रस सोसाइटी कैलालीले सुदुर पश्चिमका सबै जिल्लाहरुमा यसको सेवा संचालन गर्ने जनाएको छ ।