शी जिनपिङको चेतावनी : विश्वव्यापी भीडन्तको नतिजा भीषण हुने

everest kitchen
photo file

काठमाडौँ । चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।

कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ ।राष्ट्रपति शी जिनपिङले भीडन्तले समस्याको हल ननिस्कने कुराको इतिहास साक्षी भएको बताएका छन् ।

उनले कोरोना महामारीको असरसँग जुध्नका लागि साझा कोसिसको आवश्यकता पर्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले मानवताका कारण महामारीमाथि जीत हासिल गर्न सकिने पनि बताएका छन् ।उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिको उत्कृष्ट समन्वयको पनि आह्वान गरेका छन् ।

चीनको सफलताको उल्लेखः

शी जिनपिङको भाषणको शैली अघिल्लो पटकजस्तै थियो । उनले कोरोना महामारीसँग जुध्ने मामिलामा चीनको सफलताबारे उल्लेख गरेका छन् ।उनका अनुसार चीन संसारको एक्लो यस्तो अर्थव्यवस्था हो जसले बलियो नतिजा दिइरहेको छ ।संसारको प्रमुख शक्तिबीच देखिएको कमजोरीतर्फ संकेत गर्दै उनले भविष्यप्रति चेतावनी दिएका छन् ।

उनले चीन सबैलाई समेटेर अघि बढ्ने नीतिमा विश्वास गर्ने बताएका छन् ।उनले चेतावनीयुक्त लवजमा भने, ‘देशबीच ठोस् समन्वय स्थापित गर्न आवश्यक छ र समृद्ध देशले जिम्मेवारी नीतिमाथि अमल गर्नुपर्छ ताकि उनीहरुको गतिविधिका कारण विकासशील देशलाई हानी नहोस् ।’

चीनको जिरो कोभिड पोलिसः

कोरोना महामारीको सुरुवातपछि नै चीन जिरो कोभिड नीतिमाथि अमल गरिरहेको छ । यसका सीमा बाहिरी व्यक्तिका लागि बन्द छन् तर पूरा महामारीका बेला यो पूरा दुनियाँका लागि उत्पादनको प्रमुख केन्द्र बनेको छ ।

वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै शी जिनपिङले संसारले शताब्दीमा एकपटक आउने महामारीको विरुद्धमा ठूलो मुश्किल लडाईं लडेको बताएका छन् ।तर उनले यो महामारी लामो समयसम्म चल्ने पनि बताइन् । भाइरसको नयाँ भेरियन्ट पहिलाको तुलनामा अत्यधिक तीब्र रुपमा फैलिरहेको र यसले विश्वव्यापी अर्थव्यवस्थामा चुनौती गहिरिएको बताए ।

शी जिनपिङले चेतावनी दिँदै भने, ‘उद्योगका लागि ग्लोबल सप्लाई चेन बाधित भएको छ । मूल्यवृद्धि अत्यधिक छ । ऊर्जाको आपूर्तिमा असर परेको छ ।’उनले भने, ‘संरक्षणवाद र मनोमानी तरिकाले काम गर्दा कसैको पनि भलाई हुनेवाला छैन । यसले अन्त्यमा अरूका साथसाथै आफूलाई पनि हानी हुनेछ । हामीले कुनै युद्ध बिना कुराकानीको माध्यमले अघि बढ्नुपर्छ ।’

राष्ट्रपति शी जिनपिङको यो बयान चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक तनावबीच आएको छ ।

स्विटजरल्याण्डको दावोस शहरमा हरेक वर्ष जनवरीमा हुने वर्ल्ड इकोनोमिक फोरमको यो बैठकमा संसारभरीका व्यापारिक र राजनीतिक व्यक्तित्व एक अर्कासँग काँधमा काँध मिलाएको देख्न पाइन्थ्यो । तर कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको प्रकोपका कारण लगातार दोस्रोपटक वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल कन्फरेन्स भइरहेको छ ।बीबीसी