मधेश प्रदेशका मुख्यमन्त्री राउतको निजी निवासमा ढुंगा हान्ने एकजना पक्राउ

everest kitchen

मधेस । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगञ्ज महानगरपालिका-१ बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको हो।

प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्ने निर्णय गरेको विरोधमा प्रदर्शन गर्ने क्रममा पटेलले मुख्यमन्त्री राउतको निवासमा ढुंगा हानेको कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो साढे २ बजे वीरगञ्जको घण्टाघरमा एक सय जनाको संख्यामा नेपाली कांग्रेसको नगरस्तरीय विरोधस्वरूप मोटरसाइकल र्‍याली निकालिएको थियो। य्रालीको क्रममा उनले वीरगञ्ज-१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री यादवको निजी निवासमा ढुंगा हानेको आरोप छ।

ढुंगा प्रहारबाट निवासको दुइटा सीसा समेत फुटेको प्रहरीले जनाएको छ। पटेललाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले उल्लेख गरेको छ।