बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

everest kitchen

काठमाडौं। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् ।

आयोगका अनुसार लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन्।

यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।