लघु कथा :म्यान पावरको साइनबोर्ड
पवन कुमार बुढाथेाकी
रमेश र प्रमेश दुइजना निन्याउरो मुख लाउँदै बाटामा हिडदै आपसमा कुराकनी गर्दै थिए, रमेशले प्रमेसलाई भन्यो ‘ जागिर खाईएला जस्तो छैन यार , झन झन अपरच्युनिटी घटदै छ, के गर्नु बाउ आमा पचास न पुग्दै कामकेा बेाझ र धपेडीले गर्दा रातोदिन शारिरिक तथा मानसिक पिढा झेल्दै रहे जसले गर्दा चाँढैनै बृद्ध बृद्धा जस्तै भैसके , घरको आर्थिक अवस्था कमजोर भएकाले हुनेखानेकाहरूकेा जस्तो छानी छानी पौस्टिक खाना खुवाएर हामीलाई पनि हुर्काउन बढाउन सकेनन् !
जन्म स्थल पनि अति नै दुर्गम पर्यो , धेरैनै उकालो ओरालो गरिरहन पर्ने , पढने उमेरमा पनि घरमा काम सघाई पगाई गर्नु पर्ने कतिपय अवस्थामा त मेला पर्म धाउनु पर्ने अर्काको काममा नगए केा हाम्रो काम गर्न आउथ्यो र ! कामकेा तनाबले गर्दा राम्रो सङ्ग चाहे अनुसारको हुने गरि पढ्न लेख्न नि सकिएन । पढाईमा पनि खासै अब्बल भइएन ! जिउ पनि भने जस्तो नभै दुब्लो पातलो र ख्याउटे ख्याउटे नै देखिन्छ ! बल्ल बल्ल सिपाईको लागि जागिर खुलेको थियो , आवेदन दिए पछि ,प्रतिस्पर्धा र परिक्षणमा नाँप , जाँच गर्दा पो थाहा पाइयेा ,उचाई र छाति नाप्दा, नाप्ने सरले भाई तिम्रो उचाई र छातिको साइज अलिकति पुगेन पो भन्छ त ‘
त्यतिकैमा प्रमेसले ले थप्दै भन्यो ‘ हाम्रा आमा बाबु पनि अरूका जस्तै टाठाबाठा, अरुलाई थर्काउन सक्ने, पेल्न सक्ने नेता, टाठाबाठा जस्तै भैदिएकेा भए हाम्रो यो हुर्मत हुदैनथ्यो कि ! , यदि त्यस्तो भै दिया भए हामीले पनि सजिलै संग कुनै न कुनै अबसर पाईने रहेछ ! हेर त साथी आजकल नेताका साखा सन्तानहरुमा कस्ले पो दुख पाएको देखिन्छ र ! केहि नभए पनि कमसेकम , गाउँमा भएका बिकास निर्माण कार्यको उपभोक्ता समितिमा बसेर काम गर्ने मौका पाइदो रहेछ !
कतिपयले त्यस्तै काममा लागेर कमाई समेत गरिरहेका छन् , समय अनुसार आवस्यक कुरो पनि त जोरेका छन , सबैका हात हातमा मोबाईल छ , मेाटर साइकल चढेकै छन , गाँउमा रगरगी र चकचकी उनिहरूकै छ , आजकल त ! यदि हामी पनि आफ्ना ठाँउका बलियाखाडा भैदिएका भए नेताले पनि हामीलाई पत्याउने थिए , के गर्नु हामीलाई त कुनै पार्टीका मान्छे ले नि सोधपुछ नै गर्दैनन ! हुन त हाम्ले पनि बिभिन्न खाले आन्दोलनमा भाग न लिएकेा हेा र हाम्रा साथि मध्ये कति त देसका लागि भनेर शहिदनै भए , है न त रमेस !हाम्रा पनि मान्छे ठाउँमा भैदिएको भए एकतिर न एकतिर अल्झाइ दिन्थे , यसरि बाउ आमाको बोझ बनेर कतैपनि भौतारिनु पर्ने थिएन ‘
यस्तो प्रकारका दुखेसो ब्यक्त गर्दै यी दुई , अब के गर्ने होला भनेर पुर्पुरोमा हात राख्दै, कोहि बिदेसमा पठाई दिने उपयुक्त मान्छे भेटिन्छ कि भन्दै , भोको पेट लिएर म्यानपावरको साइन बोर्ड खेाज्दै रहे !