मलेसियामा भिजिट भिसामा भ्रमणमा जान सरकारद्धारा रोक

everest kitchen

काठमाडौं । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुको भिजिट भिसा भ्रमणमा जानका लागि रोक लगाएको छ। शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर खाडी राष्ट्र र मलेसियामा भिजिट भिषामा जान रोक लगाएको हो ।

माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नहुन्जेल रोक लगाइएको हो। खाडी राष्ट्र र मलेसियामा गएर नेपालीहरु विचल्लीमा परेको गुनासो तथा समाचारहरु आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- कोभिड- १९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यद्यपि संयुक्तराज्य अरब लगायतका खाडी मुलुकहरुमा भिजिट भिषामा नेपालीहरु त्यहाँ पुगेपनि मलेसियामा भने कोभिड-१९ यता नेपालीहरु श्रम गर्न तथा भिषिट भिषामा भ्रमण गर्न पाएका छैनन् ।