थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

everest kitchen

कामाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण दर पछिल्लोपटक बढेको हो ।

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा उक्त सङ्ख्या पुष्टि भएको हो ।
त्यस्तै सो अवधिमा १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै गएको २४ घण्टामा नेपालभरबाट ७०८ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ७२ हजार ८६२ जनामा संक्रिय संक्रमण रहेको छ