भिजिट भिसामा मलेसिया तथा खाडी मुलुक जान नपाउने निर्णय संशोधन, यी व्यक्तिहरु जान पाउने

everest kitchen
.

काठमाडौं। खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय गरेको छ ।

खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलूक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरुलाई पनि मलेसिया तथा खाडी भ्रमण गर्न दिने भएको छ ।

त्यस्तै वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।