काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन्।
मन्त्री आलेको सचिवालयका अनुसार आइतबार उनको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
आलेलाई माघ तीन गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएको ६ दिनमा नै उनको रिपोर्ट नेगेटिभ आएको हो ।