गाई का,टेको अभियोगमा २ जना पक्राउ

everest kitchen

 

रोल्प। सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई का,टेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, उक्त स्थानमा गाई का,टी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट
खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।