तालिबान सदस्यको पश्चिमी देशका अधिकारीसँग आज बैठक

everest kitchen

काठमाडौं। तालिबानका सदस्य नर्वेमा पश्चिमी देशका अधिकारीसँग आज बैठक गर्नेछन् । अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान सदस्यसँगको यो पहिलो भेट हो ।

संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त मात्रामा खाना छैन । यो तीन दिवसीय बैठकमा मानवाधिकार र मानव–त्रासदीजस्ता मुद्दामा विशेषगरी चर्चा हुने आशा गरिएको छ ।

तालिबानसँग यस्तो बैठकको आयोजना गरेर उनीहरुलाई महत्व दिइनु हुँदैन भन्दै युरोपमा केही जनता तालिबानसँग भइरहेको यो बैठकको विरोध पनि गरिरहेका छन् ।