‘कार्गो फ्लाइट’ मा आज साँझ स्वदेश फर्कँदै नेता पुन

everest kitchen
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त आज साँझ स्वेदश फर्कदै छन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका अनन्त हिमालयन एयरलाइन्सको कार्गो फ्लाइटमार्फत साँझ साढे ७ बजे काठमाडौं एयरपोर्ट आइपुग्नेछन् ।

विगत पाँच महिनादेखि उपचाररत अनन्त स्वदेश पनि विमान चार्टर्ड गरेर फर्कन लागेको समाचार सार्वजनिक भएका थिए ।

उनी भने हिमालयन एयरलाइन्सको औषधिजन्य सामग्री ढुवानीका लागि चीन गएको बेला सोही विमानमा स्वदेश फर्कन लागेका हुन् ।