उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।

उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका अनन्त हिमालयन एयरलाइन्सको कार्गो फ्लाइटमार्फत साँझ साढे ७ बजे काठमाडौं एयरपोर्ट आइपुगेका हुन् ।

उनी भने हिमालयन एयरलाइन्सको औषधिजन्य सामग्री ढुवानीका लागि चीन गएको बेला सोही विमानमा स्वदेश फर्कन लागेका हुन् ।