राष्ट्रिय सभा चुनावमा प्रदेश-१ मा बाहेक अन्य प्रदेशमा भोट नहाल्न राप्रपाको निर्देशन

everest kitchen

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश-१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन दिएको छ।मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

प्रदेश-१ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए।

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ ।