इन्डोनेसियाको रात्रि क्लबमा झडप हुँदा १९ जनाको मृत्यु

everest kitchen
photo:ap

एजेन्सी। इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।

त्यसपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।