नेपाली राजदुतावास मलेसियाद्धारा एमआरपी पासपोर्ट नवीकरण स्थगित

everest kitchen

काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरणको कार्य स्थगित गरेको छ । बुधबार दुतावासले एक सुचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

ई-पासपोर्ट को लागि विशेष प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका कार्यहरु गर्नको लागि हाल यन्त्रबाचक राहदानी नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको दुतावासले जनाएको छ।

नेपालमा ई-पासपोर्ट जारी भईसेकेको सन्दर्भमा नेपाली राजदूतावास क्वालालम्पुरबाट समेत केही दिन भित्रै ई-पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भईरहेकोले हाललाई एमआरपी पासपोर्ट सम्बन्धिका कार्यहरु स्थगन गरिएको नेपाली राजदुतावास मलेसिया उल्लेख गरेको छ ।

साथै, केही दिनभित्रै ई-पासपोर्ट शुरुवात गर्ने गरी राहदानी नवीकरण गर्ने कार्य सुचारु हुने बताएको छ । राहदानी नवीकरण कार्य सुरुवात गरेपछि सो सम्बन्धि राजदूतावासबाट सूचना जारी हुनेसमेत दुतावास जनाएको छ ।