यी हुन् राष्ट्रियसभामा निर्वाचित भएका १९ सदस्य, एमालेको पराजय

everest kitchen

 

काठमाडौं । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् । रिक्त पदका लागि ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

राष्ट्रिय सभामा १९ सदस्यका लागि भएको निर्वाचनबाट सत्ता गठबन्धन हौसिएको छ । सबैजसो प्रदेशमा गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेलाई पराजयको मुखमा पुर्‍याएको छ ।

१८ सिटमा गठबन्धनले बिजय हासिल गर्दा एमालेले भने १ सिटमा बिजय प्राप्त गरेको छ।