राक्सिराङ्गमा प्राधिकरण र ठेकेदारको ब्रम्मलुट: झुठो विवरण पेस गरेर भुक्तानी लिईयो

everest kitchen

मकवानपुर । नेपाल विद्युत प्राधिकरणले देशमा उत्पादित बिजुलि बिदेश निर्यात गर्ने योजना बनाईरहेको छ । स्वदेशका उपभोक्तहरुलाई पनि सके जति खपत गर्न अनुरोध गर्दै छ । यो अनुरोध र योजना झट्ट सुन्दा देशको सबै ठाँउमा बिजुलि पुगि सकेको र सबै नागरिक विद्युत पहुँचमा रहेको होकि भन्ने आभास हुन्छ । तर देशको बास्तबिकता भने अर्कै छ ।

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाका ९ वटै वडामा विद्युत बिस्तार र काठे खम्बा विस्थापित गर्ने योजनाका साथ २०७५ सालमै प्राधिकरणको खातामा पालिकाले १ करोड जम्मा गरेका थिए । उक्त रकममा प्राधिकरणले पनि १ करोड थप गरि २ करोडको योजना बनाएर सुरु गरिएको थियो । एक बर्षभित्रमा सम्पन्न गरिसक्नु पर्ने काम भए पनि अझै सकिएको छैन । अहिले पोल र तारहरु बाटो वरिपरि छरपस्ट रहेका छन् ।

निर्माण कम्पनी ठेकेदारसग कुरा गर्दा प्राधिकरणकै कारण केही समय काम ढिलो भए पनि आफुहरुले सबै काम सम्पन्न गरिसकेको बताएको छ । यद्यपि भने अनुसार काम भने पुरा भएको देखिएको छैन ।

प्राधिकरणको हेटौंडा केन्द्रको अभिलेखमा २०७८ असार २५ गते खैराङ्ग खुर्कोट क्षेत्रमा ३४५ पोल लगिएको देखिन्छ । तर त्यो क्षेत्रमा ७४ वटा मात्रै पोल पुगेको छ । त्यस्तै वडा न: ८ को कुत्सिङ्गमा २०७६ फागुन ३० गते १०५ र ८६ वटा विभिन्न किल्ला काटा लागेको कागजमा अभिलेख छ ।

त्यस्तै वटा न: २ को कुडुलेमा ९४ वटा विद्युतिय सामाग्रीको खर्च भन्दै २०७७ असार २४ गते २९ लाख १५ हजार ८ रुपैया १० पैसा खर्च भएको लेखा शाखाको अभिलेख छ । त्यस्तै कुडुलेमै २०७८ जेष्ठ ३१ मा थप ७० पोल र जडान सहितको सबै काम गरेको प्रतिबेदनमा उल्लेख छ ।

तर यसरी सबै काम सकेको भनिए पनि उक्त स्थानहरुमा अझै पोल र तार सबै भुइँमै छरपस्ट रहेका छन् । ती सबै प्रतिबेदन र अभिलेख हेर्दा प्राधिकरणका कर्मचारी, ठेकेदार कम्पनी, र सम्बन्धित वडा अध्यक्षहरुको समेत मिलेमतोमा सम्पन्न नभएको कामलाई गलत प्रतिबेदन बुझाएर भुक्तानी भएको स्थानीयहरु बताउँछन् ।

आफ्नो बारीको अन्नबालीले बर्षभरी खाना नपुग्ने रोजगारीको कुनै पनि विकल्प नभएको साथै अत्यावश्यक सामाग्री किनमेल गर्न पनि ६/७ घन्टाको पैदल हिंडेर बजार आउनु पर्ने बाध्यत छ । यहाँ अधिकास चेपाङ र तामाङ समुदायको बसोबास पाइन्छ । सेवा सुबिधामा सबैतिरबाट ठगिएको राक्सिराङ्गका बासिन्दा अहिले पुनः विद्युत प्राधिकरणबाट पनि ठगिएको महसुस गरिरहेको एक स्थानीयले बताए ।

साथै गाउँपालिका र प्राधिकरणको आधाआधा बजेटमा हुने भनिएको काम कति सम्पन्न भयो वा भएन भनेर गाउँपालिकाले पटक पटक जानकारी लिन पत्र पठाएको भए पनि स्थानीय पालिकालाई कुनै पनि जानकारी नदिएको अध्यक्ष राजकुमार मल्लले बताए । त्यस्तै आफुहरु प्राधिकरणमा धेरै पटक धाउदा समेत प्राधिकरणले वास्त नगर्ने भोलि आउनु पर्सि आउनु भनेर फर्काउने गरेको अध्यक्ष मल्लले गुनासो गरे ।

राक्सिराङ्ग गाउँपालिकाले गरेको सबै पहलमा धोका पाईरहेको यस्तो यथार्थ बिजोग अवस्था देखेर नजिकै रहेको प्रदेश राजधानी हेटौंडाले लाज मान्नु पर्ने बेला आएको छ । साथै राक्सिराङ्गका बासिन्दामाथी भएको धोका र गद्दार कार्यप्रती बिजुलि बढी भएर भारत निर्यातको योजना सुनाउने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नै गम्भीर हुनु पर्ने देखिन्छ ।

गलत प्रतिबेदन बुझाएर भुक्तानी लिएको विवरण :